विश्व मुटु दिवस: नियमित व्यायाम र खानपानबाट मुटुरोगको जोखिम कम हुने

मोरङ | असोज १३, २०८१

विश्व मुटु दिवस: नियमित व्यायाम र खानपानबाट मुटुरोगको जोखिम कम हुने

मोरङ:     ‘काम गरौँ, मुटु बचाऔँ’ भन्ने नाराका साथ आज विश्व मुटु दिवस मनाइँदै छ । दिवसको अवसरमा आज यहाँ नियमित व्यायाम र खानपानबाट मुटुरोगको जोखिम कम हुने सन्देशसहित आयोजित जनचेतनमूलक प्रभातफेरी सम्पन्न भएको छ ।

    
ग्लेनमार्क फर्मासुटिकलद्वारा विराटनगरको कोशी अस्पताल परिसरबाट निस्किएको प्रभातफेरी हस्पिटल चोक, कालीमन्दिर चोक, जैनमन्दिर चोक, डिएसपी रोड, गोल्छा मोड, डाँफे चोक, रङ्गशाला हुँदै पुनः अस्पतालमा पुगी कोणसभामा परिणत भएको थियो ।

    
प्रभातफेरीमा चिकित्सक, विभिन्न औषधि व्यवसाय तथा उद्योगका प्रतिनिधि, औषधि बिक्रेता, स्वास्थ्यकर्मी, स्वास्थ्य सेवामा आवद्ध तथा सरोकार भएकाहरुको सहभागिता थियो । 


सो अवसरमा डा दीपक सिग्देल, डा उत्तर मैनाली, डा लक्ष्मीनारायण यादव, ग्लेनमार्कका जटाशङ्कर साह रौनियार र अञ्जेस साहले मुटु रोगबाट हुने जोखिम र मृत्युलाई न्यूनीकरण गर्न हरिया सागसब्जी, दैनिक व्यायाम र समयसमयमा चिकित्सकसँग चेकजाँच गर्न नागरिकमा जनचेतना जगाउनुपर्नेमा जोड दिनुभएको थियो । 

    
धूम्रपान, मदिरा, गुलिया तथा चिल्लो पदार्थ सेवन नगर्ने, नूनको मात्रा कम गर्ने, नियमित करिब ३० मिनेट व्यायाम गरेमा मुटु रोगबाट बच्न सकिन्छ । यो रोग लाग्न नदिन दैनिक शारीरिक परिश्रम, व्यायाम र नियमित रक्तचापको परीक्षण गर्नुपर्ने चिकित्सकको भनाइ छ ।

    
सरकारले मुटुसम्बन्धीका दीर्घरोगीलाई रु एक लाखसम्म उपचार सेवा निःशुल्क गरेको छभने ७५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचारको व्यवस्था गरेको छ ।

पोखरा ।  ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला नेतृ चन्द्रमाया गुरुङ चयन भएकी छन् । समाजको दशौँ अधिवेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । &nb...

थप पढ्नुहोस्

कर्णाली:   नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए । बेहोसीमै कर्णाली प्रदेश अस्पताल पुर्‍याइएका उनको  मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सू...

थप पढ्नुहोस्

महेन्द्रनगर:  कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना भारतीयलाई  पक्राउ गरेको छ ।      बेलौरी नगरपालिका–१ खल्लाबाट भन्सार छलेर नेपाल...

थप पढ्नुहोस्